Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

गोरखा स्कुल घोराहीको २७ औं वार्षिक उत्सव सम्पन्न

बुधबार, पुस १७, २०८१

 दाङ - दाङको घोराही १४ मा रहेको गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलले २७ औं वार्षिक उत्सव सम्पन्न गरेको छ। बुधबार विद्यालयको प्रांगणमा आयोजित कार्यक्रमको उद्घाटन उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गर्नुभएको हो ।

विद्यार्थीको स्वागत गीतबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मानसिंह घर्तीलेले स्वागत मन्तव्य राख्दै वार्षिक प्रतिवेदन, विद्यालयको प्रगति, चुनौती र आगामी योजनाका बारेमा जानकारी गराउनुभयो। विद्यालयले पछिल्लो वर्ष शैक्षिक, सांस्कृतिक र खेलकुदका क्षेत्रमा विभिन्न उपलब्धिहरू हासिल गरेको तथ्यांक प्रस्तुत गर्नुभएको हो ।

विद्यार्थीहरूले विविध सांस्कृतिक झलक प्रस्तुत गर्दै नृत्य, गायन र हाप्किडोका खेलाडीहरुले डेमो मार्फत आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन् । त्यसैगरी शिक्षा र खेलकुदमा उत्कृष्टता प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिले विद्यालयको शिक्षण गुणस्तरको प्रशंसा गर्दै संस्थाले शैक्षिक विकासमा पुर्याएको योगदानबारे चर्चा गर्नुभयो। उहाँले विद्यार्थीमा मेहनत र अनुशासनकोअति आवश्यक रहेको बताउनुभयो ।

गोर्खा ग्रुपका अध्यक्ष तथा स्कूलका व्यवस्थापन अध्यक्ष बिष्णु प्रसाद घर्तीलेले विद्यालयको आगामी योजनाहरूबारे जानकारी गराउँदै संस्थाले प्राविधिक शिक्षा र आधुनिक प्रविधिलाई पाठ्यक्रममा समावेश गर्न विशेष योजना अघि सारेको उल्लेख गर्नुभयो। उहाँले विद्यालयलाई सफल बनाउन सहयोग पुर्याउने अभिभावक, स्थानीय समुदाय, शिक्षक र विद्यार्थीप्रति आभार व्यक्त गर्नुभएको थियो ।  साभार -खाेजरफ्तार

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्