राप्तीगाउँपालिका -७ मा तीनदिने व्यवसाय सचेतना कार्यक्रम सुरु

सोमबार, पुस २२, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

दाङ - दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत तीन दिने व्यवसाय सचेतना तथा अभिमुखीकरण कार्यक्रम आइतबारदेखि सुरु भएको छ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

“सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नाराका साथ सुरु भएको कार्यक्रममा ३० जना महिलाहरूको सहभागिता रहेको छ। तालिममा उद्यम विकास सहजकर्ता बिनिता चौधरी र अमिता चौधरीले व्यवसायिक सचेतना सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिने बताइएको छ।

कार्यक्रमको उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चौधरीको अध्यक्षतामा र पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा गरिएको हो।

उद्घाटन कार्यक्रममा अध्यक्ष विष्टले सीपले जीविकोपार्जनलाई सहज बनाउने भन्दै, सिकेको सीपलाई व्यवहारमा लागू गर्न र स्वरोजगार बन्न प्रेरित गर्नुभएको छ। उहाँले व्यवसाय गर्न सीप मात्र नभई कला पनि आवश्यक पर्ने र बजारको छनोटमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

उद्घाटन कार्यक्रममा पालिकाका उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, उद्यम विकास समिति सदस्य नारायणी पोखरेल, समाजसेवी यम बहादुर चौधरीलगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता बिनिता चौधरीले गर्नुभएको थियो।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्