Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती-८ मा पाँच दिने अचार बनाउने तालिम सम्पन्न

बिहीबार, पुस २५, २०८१

सिसहनियाँ, २५ पुस - दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा सञ्चालित पाँच दिने अचार बनाउने तालिम बिहीबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिका वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष चम्फा पुनकाे अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीकाे प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हाे।WhatsApp-Image-2025-01-09-at-7.12.59-PM-1736429538.jpeg
समापन कार्यक्रममा बाेल्दै उपाध्यक्ष चौधरीले महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो।

त्यस्तै उहाँले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो।

विगतमा धेरै व्यक्तिहरुले तालिम लिएको तर व्यवसायमा जोडिन नसकेको उल्लेख गर्दै उपाध्यक्ष चौधरीले पालिकाले अब तालिमसँगै प्रविधि पनि सहयोग गरेर व्यावसायिक बन्न प्रेरित गरेको बताउनुभयो।

तालिमका सहभागीहरु सरस्वती केसी र शिला चौधरीले तालिममा फरक प्रकारका अचार बनाउन सिकेको प्रति खुशी व्यक्त गर्दै व्यवसायिक बन्ने आशा व्यक्त गर्नुभयो।

राप्ती गाउँपालिका वडा नम्बर ८ काे आयोजनामा सञ्चालित उक्त तालिममा २५ जना महिलाहरुकाे सहभागीता रहेकाे थियोे ।

तालिममा प्रशिक्षक ज्ञानु खड्का र संगीता चाैधरीले माछा, मासु, लसुन, अमला, गुन्दुक, भटमास, टिमुर लसुन, अखबरे खुर्सानी, मुला, मिक्स अचार लगायत लामो समयसम्म टिक्ने विभिन्न किसिमका अचार बजाउन सिकाउनु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्
समाचार