अर्थ

सुनको मुल्य तोलामा आठ सय रुपैयाँ घट्यो

मंगलबार, माघ १, २०८१

दाङ - आज सुनको मुल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको मुल्य आज तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । हिजो सुनको मुल्य तोलाको एक लाख ५५ हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तैगरी आज चाँदीको मुल्य तोलामा ४० रुपैयाँले घटेको छ ।  चाँदीको मुल्उ आज तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको महासङ्घले जानकारी दिएको छ  हिजो चाँदीको मुल्य एक हजार आठ सय ६० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
समाचार