बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

बुधबार, माघ २, २०८१

सिसहनियाँ, २ माघ - दाङको राप्ती गाउँपालिकामा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

थारु कल्याणकारिणी सभा राप्ती गाउँपालिका इकाई समितिको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा पालिकनकाे वडा नम्बर ६ पत्थरगढवामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

थारु कल्याणकारिणी सभा राप्ती गाउँपालिका इकाई समितिका अध्यक्ष नेत्रराज चौधरीकाे अध्यक्षता एवम् पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाेल्दै प्रदेश सभा सदस्य थारुले माघि पर्वलाई नवपाषाण युगको गण प्रथासँग जोड्दै यसले समाजमा एकता र सामूहिकतामा आधारित परम्पराको निरन्तरता दिने बताउनुभयो।WhatsApp-Image-2025-01-15-at-8.51.18-PM(1)-1736954177.jpeg
त्यस्तै उहाँले मौलिक कला संस्कृतिको संरक्षणसँगै त्यसलाई आय आर्जनसँग जोड्ने गरी प्रदेश सरकारले कार्यक्रम अघि सारेको बताउदै आर्थिक गतिविधिलाई बढाउन कला संस्कृतिको संरक्षण अत्यावश्यक रहेकोमा जाेड दिनुभयो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले थारु समुदायको मौलिक कला र संस्कृतिको संरक्षणका लागि स्थानीय सरकारले बडघर ऐन निर्माण गरि कार्यनयनकाे तयारीमा रहेको बताउनुभयो ।

त्यस्तै उहाँले कला संस्कृतिलाई पर्वमा मात्र सीमित नगरी अन्य दिनमा पनि संरक्षण र प्रवर्द्धन गर्न जरुरी रहेको बताउनुभयो ।

स्थानीय सरकारले थारु समुदायको कला संस्कृतिको संरक्षणमा जोड दिँदै आयआर्जन बढाउन होमस्टे सञ्चालनका लागि सहयोग गर्दै आएको बताउदै अध्यक्ष विष्टले यसको सञ्चालन र उचित व्यवस्थापनका लागि थारु समुदायको नै बढी सक्रियता आवश्यक रहेको बताउनुभयो ।WhatsApp-Image-2025-01-15-at-8.51.18-PM-1736954150.jpeg
राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले नयाँ पुस्तामा मौलिक कला संस्कार र संस्कृति हराउँदै गएको भन्दै यसको संरक्षणमा स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा माण्डवी गाउँपालिका प्यूठानका अध्यक्ष नवराज अधिकारी,थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य लक्ष्मी चौधरी, क्षेत्रीय सभापति प्रकाश कुमार चौधरी, जिल्ला उपसभापति रामपती चौधरी, क्षेत्रीय सल्लाहकार बामदेव चौधरी, गढवा इकाई समितिका सचिव प्रयागनाथ चौधरीलगायतले थारु समुदायको कला संस्कृति संरक्षणमा जोड दिँदै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

 कार्यक्रममा जनप्रतिनिधि, थारु कल्याणकारिणी सभाका पदाधिकारी, थारु अग्रज बुद्धिजीवी, कलाकार, सञ्चारकर्मी लगायत स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा थारु समुदायका विविध भेषभूषा झल्किने झाँकी तथा नृत्यहरू प्रस्तुत गरिएको थियो।

WhatsApp-Image-2025-01-15-at-8.51.18-PM(2)-1736954278.jpeg
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २१:०३
प्रतिक्रिया दिनुहोस्