बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल धरौटीमा छुटे

शुक्रबार, माघ ४, २०८१

पोखरा -  विद्युतीय कारोबार सम्बन्धी ऐनको कसुरमा पक्राउ परेका डा. निकोलस भुसाल धरौटीमा छुटेका छन् । रवि लामिछानेको कास्की प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

तत्कालीन समयमा उनलाई हिरासतमा राख्न अदालतले इन्कारी आदेश दिएको थियो । त्यसपछि हाजिर जमानीमा छुटेका उनी विरुद्द विहिबार कास्की अदालतमा मुद्दा दर्ता भएपछि थुनछेक बहस चलेको थियो ।

दुई दिनसम्म बहस भएपछि उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिइएको हो । न्यायाधीश शंकरबहादुर राईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्