राप्ती आधारभूत अस्पताल भवनको उद्घाटन पूर्व प्रधानमन्त्री प्रचण्डले गर्ने

मंगलबार, माघ ८, २०८१

सिसहनियाँ, ८ माघ -  राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ कालापानीमा नवनिर्मित पालिका स्तरीय राप्ती आधारभूत अस्पताल भवनको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले गर्नुहुने भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

पालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार माघ १२ गते दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय गरिएको छ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका "प्रचण्ड" माघ ११ र १२ गते माओवादी केन्द्र तुलसीपुर र घोराही उपमहानगरपालिकाको नगर अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी भई त्यसपछि अस्पताल भवनको उद्घाटनका लागि सिसहनियाँ कालापानी आउने कार्यक्रम रहेको छ।

त्यस्तै भवन उद्घाटन कार्यक्रममा संघीय, प्रदेश र स्थानीय तहका विशिष्ट व्यक्तित्वहरू, स्वास्थ्यकर्मी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

उक्त कार्यक्रममा उपस्थितिका लागि पालिकाका अध्यक्ष प्रकाश विष्टले सबैलाई निमन्त्रणा गर्नुभएको छ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
समाचार