बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

रुकुम पश्चिममा विवाहको तयारीमा रहेका एकजोडी मृत अवस्थामा फेला

शनिबार, माघ १२, २०८१

रुकुम पश्चिम - रुकुम पश्चिममा विवाहको तयारीमा रहेका एकजोडी मृत अवस्थामा फेला परेका छन् । त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका १९ बर्षीय लोकेन्द्र खड्का र उनले विवाह गर्नका लागी भगाएर लिएकी त्रिवेणी–६ की १९ बर्षीय सपना पुन मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी प्रमेश बिष्टले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

उहाँका अनुसार चार दिन अघि विवाहको लागि लोकेन्द्रले सपनालाई भगाएर घरमा ल्याएका थिए । आज बिहान लोकेन्द्रको अस्थायी टहरामा दुबै जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । लोकेन्द्रको आमा बिरामी भएपछि बुवाको साथमा उपचारको लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो ।

लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुईमा मृत अवस्थामा भेटिएको प्रहरीको भनाई छ । लोकेन्द्र घरका एउटा मात्र छोरा हुन् । उनकी एक बहिनी छिन् । काठमाडौमा अध्ययनरत मृतकको बहिनिसहित बुवाआमा नेपालगञ्जबाट फर्कदै गरेको प्रहरीले जानकारी दिएकाे छ।

अहिले घटनास्थलमा स्थानिय प्रहरी पुगिसकेको छ भने डीएसपी बिष्टसहितको टोली पनि घटनास्थलतर्फ जादै छ । प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानूनी प्रक्रिया सूरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्