Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित

आइतबार, माघ १३, २०८१

काठमाडौं - केलिएन एम्बाप्पेको ह्याट्रिक गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगाको खेलमा रियल भालाडोलिडलाई ३-० ले हराएको छ।

खेलको ३० औँ मिनेटमा जुड वेलिङघमको क्रसलाई उपयोग गर्दै एम्बाप्पेले म्याड्रिडलाई पहिलो अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५७ औँ मिनेटमा रोड्रिगोको पासमा एम्बाप्पेले अर्को उत्कृष्ट गोल गरे भने ९१ औँ मिनेटमा पाएको पेनाल्टीलाई उपयोग गर्दै एम्बाप्पेले ह्याट्रिक पुरा गरेका हुन्।

स्पेनिस ला लिगाको अर्को खेलमा एट्लेटीको म्याड्रिड र भिल्लारियल बिच १-१ गोलको बराबरी भयो। सेभिया र इस्पानियोलका १-१ गोलको बराबरीमा रोकिए भने रियल बेटिसले मालोर्कालाई १-० ले हरायो।

स्पेनिस ला लिगाको अंक तालिकामा रियल म्याड्रिडको २१ खेलमा ४० तथा एट्लेटीको म्याड्रिडको २१ खेलमा ४५ अङ्क छ। २० खेल खेलेको बार्सिलोनाको ३९ अङ्क छ। एथलेटिक बिलबाओको समेत समान ३९ अङ्क नै छ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
समाचार