बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङको तुलसीपुरमा बैंक चोरी गर्न गएको आरोपमा एकजना पक्राउ

आइतबार, माघ १३, २०८१

दाङ - दाङको तुलसीपुरमा बैंक चोरी गर्दै गरेको अबस्थामा एक ब्यक्तीलाई पक्राउ गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५‘क’लाईनमा रहेको एनएमबी बैंकको शाखामा चोरी गरिरहेको अबस्थामा तुलसीपुर– १८ दुधरास का २७ वर्षका सन्तोष चौधरीलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार बैंकको च्यानल गेटको ताला तोडेर भित्र प्रवेश गरिसकेको अबस्थामा उनलाई पक्राउ गरिएको हो ।

उनको साथबाट हतौडा, छिना, प्लास, ह्याक्सा ब्लेड लगायतका चोरी गर्न प्रयोग भएका सामग्रीहरू बरामद गरिएको छ। साथै उनी सवार रा ५ प ९७९ नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्