राप्तीका २ हजार ८ सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

सोमबार, माघ १४, २०८१

सिसहनियाँ - दाङको राप्ती गाउँपालिकामा २ हजार ८ सय १२ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका २ हजार ७ सय १६ र विद्यालय बाहिर रहेका ९६ जना किशोरीलाई खोप लगाइने छ। माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने यो कार्यक्रम विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई लक्षित गरिएको छ।

कार्यक्रमका लागि पालिका भित्र रहेका विभिन्न  स्वास्थ्य संस्था र विद्यालयहरुलाई खाेप केन्द्र निर्धारण गरिएको छ। खोप कार्यक्रम सञ्चालनका लागि ३४ स्वास्थ्यकर्मी, ६६ जना महिला स्वास्थ्य स्वयंसेविका तथा शिक्षक परिचालन गरिनेछ।

यसै विषयमा आइतबार गाउँपालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण तथा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्
समाचार