दंगीशरण गाउँपालिकामा ६३ औं राष्ट्रिय नर्सिङ दिवस सम्पन्न

बुधबार, माघ १६, २०८१

दंगीशरण, १६ माघ - ‘आजको आवश्यकता नर्सलाई सुरक्षित र सम्मानजनक कार्य ब्यबस्था’ भन्ने मुल नाराकासाथ दंगीशरण गाउँपालिका स्वास्थ्यसाखाले ६३ औं राष्ट्रिय नर्सिङ दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएकोछ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

दिवसको उद्घाटन गर्नुहुदै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सवैलाई सम्मान गर्नुपर्दछ भन्ने उदेश्यका साथ आफुहरु निर्वाचित भएर आए पस्चात निरन्तर नर्सिङ पेशामा संलग्न नर्सहरुका लागि बजेट बिनियोजन गर्दै आएको र नर्सिङ दिवस मनाउन थालिएको बताए । २४ घण्टा विरामिको सेवामा तल्लीन नर्सहरुका लागि दिइने सेवासुविधा कुनै कन्जुस्याइँ नगरिने बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले बिरामिको स्वास्थ्य स्वस्थ राख्न अहम भुमिकामा रहेतापनि नर्सिङ पेशा सम्मानजनक र सुरक्षित हुन नसकेकोप्रती गुणासो ब्यक्त गरिन।

दिवसको अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली,पतन्जलि योग समिती लुम्बिनी प्रदेश सदस्य प्रेम शाह,लगायतले आ–आफ्नो भनाइ राखेकाथिए ।

दिवसकै अवसरमा कुर्सी दौड प्रतियोगिता र घैटाफोड प्रतियोगिता समेत सम्पन्न गरीएकोथियो । जसअन्तर्गत घैटोफोड प्रतियोगीतामा कौशिला के.सी.प्रथम,कुर्सी दौड प्रतियोगीतामा रेणुका चौधरी प्रथम,सुनकुमारी घर्ती दितिय,र जानकि थापा तृतीय भएका थिए ।

कार्यक्रम गाउँपालिकाका सिनियर अनमि कौशिला के.सी.को अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको बिशिस्ट आथित्यतामा भएकोथियो । राधा शर्माको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका स्वास्थ्यसाखा प्रमुख प्रदिप योगीले गरेकाथिए । साभार लाइभ दाङ

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्