Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुलीमा सहिद दिवसको अवसरमा द्वन्द पिडितलाइ सम्मान

बुधबार, माघ १६, २०८१

कमिरेचौर १६ माघ - दाङको बंगालचुली गाउँपालिकाले सहिद दिवसको अवसरमा सहिद घाइते बेपता भएका व्यक्ति र द्वन्द पिडित परिवारलाई सम्मान तथा निशुल्क स्वास्थ्य विमा गरिएको छ । बंगलाचुली गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतामा आज एक कार्यक्रम गरि सम्मान गरिएको हो । तत्कालिन १० बर्षे द्वन्द कालको क्रममा सहादत्त प्राप्त गरेका घाइते,बेपता भएका व्यक्ति तथा द्वन्द पिडित परिवारलाई दोसल्ला ओढाएर र नगद सहित सम्मान गरिएको हो ।
 
सम्मान कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले देश र जनताको लागि आफ्नो बलिदान दिएका सहिद तथा घाइते व्यक्तिहरुलाई कसैले पनि विर्षन नहुने बताउनुभएको थियो। गाउँपालिकाले हरेक बर्ष त्यस्ता व्यक्ति तथा परिवारलाई सम्मान गर्ने गरेको बताउनुभएको हो ।उहाँले गत बर्षहरुमा सम्मान मात्र गर्ने गरिएकोमा यस बर्षदेखि निशुल्क स्वास्थ्य विमा कार्यक्रम समेत थपिएको र यो सबैको लागि एउटा अवसर रहेको बताउनुभएको हो ।475760244_1319250135933317_7835125812985757500_n-1738159601.jpg
त्यस्तैगरी कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले  सहिदहरुले देखाएको बाटो हामि कसैले भुल्न नहुने बताउनुभएको थियो ।यस्तै हरेक बर्ष यस्ता व्यक्ति तथा परिवारलाई स्थानिय सरकारले सम्मान गर्नु कर्तव्य रहेको र त्यो पुरा गरेको समेत उहाँले बताउनुभएको थियो ।475848990_1319250182599979_50754968370615624_n-1738159644.jpg
सो क्रममा आफुहरुले यस्ता सम्मान पाउँदा घाउहरुमा मलम लगाएको अनुभुति हुने द्वन्द पिडित व्यक्तिहरुले प्रतिक्रिया दिएका थिए ।सम्मान गरेकोमा गाउँपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाराज विश्वर्कमा, वडा नम्बर ८ का वडा अध्यक्ष झविन्द्र गाहा मगर लगाएको उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका महिला विकास निरिक्षक कल्पना केसिले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
समाचार