Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड

राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मावि मौरीघाटलाई

शुक्रबार, माघ १८, २०८१

भालुवाङ १८ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका–४ मौरीघाटमा सञ्चालित राप्ती गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिताको उपाधी श्री माध्यमिक विद्यालय मौरीघाटले हात पारेको छ । यो जित सँगै श्री माध्यमिक विद्यालय मौरीघाटले लगातार दोस्रो पटक जित हासिल गरेको हो ।RAPTI3-1738341144.jpg
गत वर्षको बिजेता भएको उक्त विद्यालय यस वर्ष पनि ९ स्वर्ण, ५ रजत र ३ कास्य सहित पहिलो भएको हो । राप्ती गाउँपालिकाको आयोजना एवम् श्री माध्यमिक विद्यालय मौरीघाटको व्यवस्थापनमा गत बुधबार देखि तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँले ७ स्वर्ण, ६ रजत र ६ कास्य सहित दोस्रो हुँदा आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाले ६ स्वर्ण, ६ रजत र ७ कास्य सहित तेस्रो स्थान हासिल गर्न सफल भएको छ । यसै बीच प्रतियोगिताको उद्घाटनका दिन गरिएको मार्च पासमा श्री माध्यमिक विद्यालय मौरीघाट प्रथम, गोल्डेन फ्यूचर इङलिस बोडिङ स्कुल बिजौरी द्वितीय र माध्यमिक विद्यालय रुपाकोट, दुर्गा भवानी आधारभूत विद्यालय मसुरीया र चैतन्य पाठशाला मौरीघाट तृतीय भएका छन् ।RAPTI2-1738341110.jpg
विजेता खेलाडीहरुलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, पालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष पहलवान चौधरी, वडा नं. ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर चौधरी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझी, दाङ जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि सन्तोष ओली लगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरि सम्मान गरेका थिए । पालिका भरिका सामुदायिक र संस्थागत गरि ३४ ओटा विद्यालयहरुले भाग लिएको प्रतियोगितामा विभिन्न १० भन्दा बढी खेलहरु समावेश गरि खेलाइएको थियो । प्रतियोगितामा बिजेता विद्यालयहरुका खेलाडीहरूले यसै वर्ष जिल्लामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् ।आगामी वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विजेता विद्यालयले नै गर्ने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्