बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

जाजरकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु दुई घाइते

मंगलबार, माघ २२, २०८१

सुर्खेत – जाजरकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपहाडी राजमार्ग अन्तर्गत छेडागाड नगरपालिका–११ मा  मंगलबार बिहान भे १ प १०५५ नम्बरको टिपर दुर्घटनामा भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको छेडागाड नगर अस्पताल, थलहमा उपचार भइरहेको छ ।

मृतक व्यक्ति मध्यपहाडी राजमार्ग निर्माणको जिम्मा लिएको शुरुकृति कम्पनीका ट्याक्टर चालक भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक  पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

टिपर ओरालो सडकमा आउँदै गर्दा ब्रेक फेल भई भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पाण्डेले बताए । दुर्घटनामा टिपर चालक र सहचालक घाइते भएका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्