बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

बुधबार, माघ २३, २०८१

दाङ - दाङको घोराहीमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराती १० बजेतिर घोराही उपमहानगरपालिका–१५ भिमसेन टोलमा डेरा गरी बस्ने २५ वर्षीय तनुज श्रेष्ठ र रोल्पा नगरपालिका वडा नम्बर २ का १९ वर्षीय टेकराज गुरूङलाई लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले श्रेष्ठ र गुरूङको डेरा तथा शरीर खानतलासी गर्दा १५ वटा पुडियामा राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको छ । कुल तौल प्लास्टिकसहित २.५१० ग्राम तथा शुद्ध तौल १.८४० ग्राम रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो । प्रहरीले मंगलबार दिउँसो मात्रै लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले घोराही उपमहानगरपालिका–१५ रतनपुरका २१ वर्षीय सन्देश श्रेष्ठ र रोल्पा रुन्टिगढी गाउँपालिका–२ घर भई हाल घोराही उपमहानगरपालिका–१४ नयाँबजारमा डेरा गरी बस्ने २१ वर्षीया समीक्षा पुन मगरलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्