बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

युवा लाई कृषि उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउन आधारशिला तालिम

बुधबार, माघ २३, २०८१

गढवा - दाङकाे  गढवा गाउँपालिकाले युवा उद्वमशिलतामा जोड दिँदै गढवा गाउँपालिका वडा नम्बर ५ का युवा हरुलाई आधारशिला तालिम दिईएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको समन्वयमा गढवा गाउँपालिकाले भिटा परियोजना मार्फत उद्यमी युवाहरुलाई कृषिमा जोड्न आधारशिला तालिम दिईएको हो ।

युवाहरुलाई दिएको तिनदिने आधारशिला तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाम2 पहिलो चरणमा करिव १सय ५० जना युवा तयार गरी उद्यम व्यवसाय गर्ने गरी तालिम दिन थालेको बताउनुभयो। गढवा गाउँपालिकाले गढवा गाउँपालिकाबासी दिदिबहिनीहरुलाई आत्मनिर्भर, महिला शसक्तिकरण संगै व्यवसायिक रुपमा उत्पादन गरी आत्मनिर्भर बन्नका लागि भिटा परियोजना मार्फत बिभिन्न कार्यहरु सञ्चालन गरेको जानकारी दिनुभयो।

महिलाहरु लाई यस भन्दा पहिले थुप्रै तालिम दिई सकेकै र यो बर्ष देखी युवा लाई जोड्न खोजेको बताउनुभयो।पछिल्लो समयमा युवाहरुको ठुलो जमात बैदेशिक रोजगार तर्फ आकर्षित भएकोले स्वदेशमै केही गर्न चाहने युवा शक्ति लाई बिभिन्न तालिम दिएको सबल बनाई कृषि पेसामा अग्रसर गर्ने हिसाबले यो बर्ष देखी युवा लक्षित कार्यक्रम अघि बढाएको बताउनुभयो। कृषि क्षेत्रमा ठुलो सम्भावना रहेको बताउदै अध्यक्ष पोख्रेलले कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्ने, उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणको लागि पालिका सामुहिक बजारीकरण, दुग्घ उत्पादन किसानहरुको लागि दुग्घ संकलन केन्द्रको स्थापना अन्तिम चरणमा पुगेको साथै तरकारीको बजारीकरणको लागि गढवा कृषि उपज संकलन केन्द्र सञ्चालन रहेको जानकारी दिनुभयो। गढवा गाउँपालिकामा अब कृषि तथा पशु विकासमा कुनै समस्या नरहेको उत्पादन गरेका कृषि तथा पशुपालनको क्षेत्रमा खसीबोका तथा दुग्धको बजारीकरणको कुनै समस्या नहुने भन्दै स्वदेशमै काम गर्न अनुरोध गर्नु भयो।

त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि तथा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले तिनदिने आधारशिला तालिमले सहभागीहरुलाई मार्ग निर्देशन गर्न सहज हुने बताउनु भयो। गढवा गाउँपालिकाले सबै वडामा युवालाई आधारशिला तालिम दिने र कृषि तथा पशुपालनको क्षेत्रमा युवालाई सक्षम बनाई स्वदेशमै कृषि क्षेत्रमा काम गरी आत्मनिर्भर बनाउन पहल गरेको बताउनु भयो। गढवा गाउँपालिकाले शिप बिकाश तालिम दिएर युवा बर्गलाई लक्षित गरी कार्यक्रम तय गरेको बताउनु भयो। तिनदिने तालिमम2 सिकेका कुरा व्यवहारमा उतार्न सके कृषि तथा पशुपालनको क्षेत्रमा सहयोग पुग्ने वडाध्यक्ष थापाले बताउनुभयो। भौतिक पूर्वाधार निर्माण गरेर मात्र विकास नहुने भन्दै मानवीय व्यवहारको बिकाश गर्न आवश्यक रहेको बताउनुभयो।

गढवा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संग सहकार्य गर्दै कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत आर्थिक समृद्धीको लागि साझेदारी परियाेजना भिटा परियोजना अन्तर्गत गढवा गाँउपालिकाको आठ वटै वडामा कार्यक्रम सञ्चालन गरेको छ।

गढवा गाउँपालिका वडा नम्बर ५ मा गठित उज्यालो यूवा उद्यमी समूहका अध्यक्ष शान्त राम चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा जनप्रतिनिधि, वडा नम्बर ५ का कर्मचारी, सामाजिक सहजकर्ता, विभिन्न वडाका युवा लगायतको सहभागिता रहेको थियो। तालिमको सञ्चालन उद्यम विकास सहजकर्ता कल्पना चौधरीले गर्नु भएको थियो।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्