Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बबई गाउँपालिकाकाे १६ ओैं गाउँसभा सम्पन्न

शुक्रबार, माघ २५, २०८१

दाङ - दाङको बबई गाउँपालिकाको गाउँ सभाको १६ ओैं अधिवेशन सम्पन्न भएको छ। बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको अध्यक्षतामा आज सुरु भएको हिउँदे अधिवेशन विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । गाउँ सभाले बबई गाउँपालिकाका सामाजिक विकास समिति संयोजक टेक बहादुर वलीले पेस गर्नुभएको थियो ।

कर्मचारी संगठन तथा सर्वेक्षण प्रतिवेदन ( ओएनएम) सर्वसहमत पारित गर्ने निर्णय गरेको छ। त्यस्तै गाउँसभाले बबई गाउँपालिकामा कार्यरत सबै करार कर्मचारीको करार आगामी ६ महिनाका लागि नविकरण गर्ने निर्णय गरेको छ।

गाउँसभाले बबई गाउँपालिकाको खानेपानी तथा सरसफाइ र स्वच्छता विधेयक २०८१ र बबई गाउँपालिकाको संस्था दर्ता विधेयक २०८१ लाई शंसोधन सहित पारित गर्ने निर्णय गरेको छ। त्यस्तै गाउँसभाले आ।व २०८१र८२ मा बबई गाउँपालिकाको कार्यपालिका बैठकले जारी गरेका विभिन्न कार्यविधि,नियमावली , निर्देशिका र कार्यपालिका बैठकले निर्णय गरेका सम्पूर्ण निर्णयहरु अनुमोदन गर्ने निर्णय गरेको छ। त्यस्तै गाउँसभाले गाउँपालिकाको लेखा समितिको सदस्यमा खड्क बहादुर खड्का र प्रेमा डाँगीलाई मनोनित गर्ने निर्णय गरेको छ।

गाउँसभाले बबई गाउँपालिका उपाध्यक्ष तथा राजस्व परामर्श समिति र न्यायिक समिति संयोजक बम कुमारी खड्काले प्रस्तुत गर्नुभएको राजस्व परामर्श समितिको प्रतिवेदन र न्यायिक समितिको प्रतिवेदन सामाजिक विकास समिति संयोजक टेक बहादुर वलीले प्रस्तुत गर्नुभएको सामाजिक विकास समितिको प्रतिवेदन, लेखा समिति संयोजक तिलकराम भण्डारीले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन तथा आर्थिक विकास समिति संयोजक हर्क बहादुर श्रीस मगरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसहमत पारित गर्ने निर्णय गरेको छ।

त्यस्तैगरी गाउँसभाले पुर्वाधार विकास समितिका संयोजक राजेन्द्र विक्रम शाहाले प्रस्तुत गर्नुभएको पुर्वाधार विकास समितिको प्रतिवेदन, शुसासन समितिका संयोजक टेक बहादुर वलीले प्रस्तुत गर्नुभएको शुसासन समितिको प्रतिवेदन, बन तथा विपद ब्यबस्थापन समिति सँयोजक मान बहादुर केसीले प्रस्तुत गर्नुभएको बन तथा विपद ब्यबस्थापन समितिको प्रतिवेदन र विद्यायन समिति संयोजक नारायण परियारले प्रस्तुत गर्नुभएको विधायन समितिको प्रतिवेदन सर्वसहमत पारित गर्ने निर्णय गरेको छ। साभार हापुरे अनलाइन

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्
समाचार