बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
अपराध

दाङमा १० वर्षीय बालकले आफ्नै सहाेदार भाइकाे गोली हानी हत्या

शनिबार, माघ २६, २०८१

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका-३ ठुला सम्वामा खेल्ने क्रममा भरुवा बन्दुकले हानेर दाईले भाईकाे हत्या गरेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

बुधबार बिहान करिब ११ बजेतिर पुस्कर खत्रीका १० वर्षीय छोरा शिशिर केसीले घर नजिकै खेल्ने क्रममा आफ्नै घरमा रहेको भरुवा बन्दुक चलाउँदा उनका ९ वर्षीय सहोदर भाई भुवन केसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ६२ वर्षीय बाजे भुविन्द्र खत्रीले लोड गरी राखेको १ नाले भरुवा बन्दुक खेलाउने क्रममा घटना भएकाे हाे।घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक बिनोद राज खत्रीको कमान्डमा ७ जनाको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले बाजे भुविन्द्र खत्री, घटनामा प्रयोग भएको भरुवा बन्दुक, फलामका ४ वटा गोली बरामद गरेकाे छ। घटनास्थल तुलसीपुर बजारदेखि करिब १५ किलोमिटर पश्चिममा पर्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्