Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सवमा लोकदोहोरी र लोकनृत्य प्रतियोगिता हुने

आइतबार, माघ २७, २०८१

दाङ - यही फागुन २ गतेदेखि १८ गतेसम्म घोराहीमा हुने ‘छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा विभिन्न प्रतियोगीताहरु हुने भएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवमा लुम्बिनी प्रदेश स्तरीय लोकदोहोरी गीत प्रतियोगिता, घोराही नगरस्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, घोराही नगरस्तरीय अन्तर विद्यालय कविता प्रतियोगिता ,खुल्ला नृत्य प्रतियोगिता र जोडी नृत्य प्रतियोगिता हुने मूल आयोजक समितिको संयोजक बसन्त जोशीले जानकारी दिनुभएको छ ।

‘‘उद्योग, व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराकोसाथ घोराही १४ झिँगौरामा हुने महोत्सवमा हरेक दिन प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगिता घोराही नगरस्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, घोराही नगरस्तरीय अन्तर विद्यालय कविता प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता र जोडी नृत्य प्रतियोगिता हुने  महोत्सव आयोजक मूल समितिका संयोजक जोशीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई नगदसहित शिल्ड र मेडल प्रदान गरिने छ । जसमा लोकदोहोरी गीत प्रतियोगिता तर्फ प्रथमलाई ५१ हजार , द्वितीय लाई ३५ हजार, तृतीय हुनेलाई २५ हजार र सान्त्वनालाई १५ हजार रुपैयाँ  नगदसहित शिल्ड र मेडल प्रदान गरिने छ ।

यस्तैगरी विद्यालयस्तरीय लोक नृत्य  प्रतियोगितातर्फ प्रथम हुनेलाई १५ हजार ,द्वितीय हुनेलाई ५ हजार  र तृतीय हुनेलाई ३ रुपैयाँ नगदसहित शिल्ड र मेडल , विद्यालयस्तरीय  कविता  प्रतियोगितातर्फ प्रथम हुनेलाई १० हजार , द्वितीय हुनेलाई ५ हजार  र तृतीय हुनेलाई ३ रुपैयाँ नगदसहित शिलड र मेडल,  खुल्ला लोक नृत्य  प्रतियोगितातर्फ प्रथम हुनेलाई ५ हजार , द्वितीय हुनेलाई ३ हजार  र तृतीय हुनेलाई २ रुपैयाँ नगद सहित शिलड र मेडल र जोडी लोक नृत्य  प्रतियोगितातर्फ प्रथम हुनेलाई ५ हजार , द्वितीय हुनेलाई ३ हजार  र तृतीय हुनेलाई २ हजार रुपैयाँ नगद सहित शिलड र मेडल प्रदान गरिने मुल आयोजक समितिका सहसंयोजक महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

दर्ता फागुन २ गतेसम्म गर्नुपर्ने

प्रतियोगितामा सहभागी हुन इच्छुकले फागुन २ गतेभित्र दर्ता गरिसक्नुपर्ने आयोजकले जानकारी दिएको छ। इच्छुक समूह तथा विद्यालयहरूले संघको कार्यालय वा राजेन्द्र दाहालसँग सम्पर्क गरेर दर्ता गर्न सक्नेछन्।

 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
समाचार