Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुलीमा भएको पाँचौ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधी सुधा मावी झेलनेटालाई

मंगलबार, माघ २९, २०८१

कमिरेचौर २९ माघ - दाङको बंगलाचुलीमा भएको पाँचौ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधी सुधा मावी झेलनेटाले लगेको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ५ मा रहेको  सुधा मावी झेलनेटाले छात्र र छात्रा तर्फका विभिन्न प्रतियोगिताको १५ विधामा प्रथम स्थान हाँसील गर्दै प्रथम उपाधी चुम्न सफल भएको हो । सुधावामी झेलनेटाले यो सहीत लगातार तेस्रो पटक प्रथम उपाधी चुम्न सफल भएको छ । प्रतियोगितामा बंगलाचुली गाउँपालिका वडा नम्वर ३ मा अवस्थित महेन्द्र नमुना मावी श्रीवारी द्वितिय स्थान प्राप्त गर्न सफल भएको छ ।


बंगलाचुली गाउँपालिका वडा नम्वर ७ मा अवस्थित सरस्वती मावी जवरकोट तृतीय स्थान प्राप्त गर्न सफल भएको छ भने बंगलाचुली गाउँपालिका वडा नम्वर १ मा अवस्थित महेन्द्र मावी स्यूजाले सान्तोना स्थान प्राप्त गरेको छ ।

रनिङ सिल्ड खेलकुद प्रतियोगितामा दुईसय मिटर दौड छात्रा,दुईसय मिटर दौड छात्र र छात्रा,चारसय मिटर दौड छात्र र छात्रा  , ८ सय मिटर दौड छात्र र छात्रा,१५ सय मिटरको दौड छात्र र छात्रा,३ हजार मिटर दौड छात्र र छात्रा,४ सय मिटर गुणा ४ मीटरको दौड छात्र र छात्रा ,एकसय मिटर गुणा ४ लिले दौड छात्र छात्रा, सटपुट छात्र छात्रा,लङजम्प छात्र र छात्रा,ज्यावलिङ थ्रो छात्र र छात्र,ट्रिपल जम्प,हाईजम्प छात्र छात्रा,भलिवल छात्र र छात्रा  र  कवडी छात्र र छात्रा लेलकुद खेलाईएको थियो ।  

मेन्द्र नमुना मावी श्रीवारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर खड्काको अध्यक्षता एव बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यमा र गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको विशिष्ट आतिथ्यमा प्रतियोगिताको समापन गरिएको थियो । यसैविच आगामी वर्षको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता खड्गमन्दीर मावीले खेलाउने गरी जिम्मा तोकिएको छ ।प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई प्रमाणपत्र,मेडल,तथा ट्रफी वितरण गरिएको थियो ।

 सो कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद आचार्य,वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, छ का अध्यक्ष डोम बहादुर केसी,सातका अध्यक्ष गिर बहादुर थापा र आठका अध्यक्ष झविन्द्र गाहामगर, गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोपाल केसी,योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ओम प्रकाश के सी, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रअ, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायत विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्
समाचार