छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’

महोत्सवको तयारी अन्तिम चरणमा: ९० प्रतिशत स्टल बुकिङ

बुधबार, माघ ३०, २०८१

दाङ - दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन २ गतेदेखि सञ्चालन हुने ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

महोत्सव सञ्चालन हुने मिति नजिकिँदै गर्दा घोराही उपमहानगरपालिका–१४, झिँगौरामा स्टल व्यवस्थापनसँगै जरपली, फिस टनेल, पिङ, बाल उद्यानलगायत संरचनाहरू निर्माण कार्य तीव्र रूपमा भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनुभयो।

स्टल व्यवस्थापन समितिका संयोजक विकास वलीका अनुसार हालसम्म करिब ९० प्रतिशत स्टल बुकिङ भइसकेको छ। उहाँले उद्योग, कृषि तथा पर्यटनसम्बन्धी ४० वटा स्टल बुकिङ भएको समेत जानकारी दिनु भयो ।

कृषि ज्ञान केन्द्रको समन्वयमा राखिएका कृषि सम्बन्धी स्टलहरू निःशुल्क उपलब्ध गराएको छ भने स्थानीय उत्पादनहरूलाई बजार प्रवर्द्धन गर्ने उद्देश्यले ‘दाङ कोसेली घर’ को व्यवस्था गरिएको संयोजक वलीले बताउनु भयो। स्टल ४ सय रहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्
समाचार