जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु 

मंगलबार, फागुन १, २०८०

पाल्पा - पाल्पाको तिनाउ गाउँपालिका-६ चिदिसमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। 

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

डुम्रेबाट तिनाउको चिदिसतर्फ जाँदै गरेको जिप दुर्घटना भएको तिनाउ गाउँपालिका ६ का वडाध्यक्ष टोमबहादुर पुनले जानकारी दिनुभयो। दुर्घटनामा १० जना घाइते भएको उहाँको भनाइ छ। 

अहिले उद्धारको कार्य चलिरहेको छ। जिप दुर्घटनाको कारण खुल्न नसकेको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो। 

उहाँले भन्नुभयो, “जिप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। १० बढी घाइते छन् ।उद्धार कार्य जारी छ। उनीहरूलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिँदै छ।” दिउँसो ४ः४५ बजे जिप दुर्घटना भएको उहाँले बताउनुभयो।  

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्