बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सिनेट सदस्यमा दाङका राना नियुक्त

मंगलबार, फागुन ६, २०८१

दाङ - राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सिनेट सदस्यमा दाङ घोराहीका बलिभद्र राना नियुक्त भएका छन । प्रतिष्ठानको कार्यकारी परिषदको सिफारिसमा चन्दा तथा जग्गादाताको तर्फबाट प्रधानमन्त्री केपि शर्मा ओलिले रानालाइ सिनेट सदस्यमा नियुक्त गर्नुभयाे।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

एमालेबाट दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका रानाकै पहलमा घोराही १८ नवलपुरमा रहेको २२ बिगाहा जग्गा प्रतिष्ठानले उपयोग गर्न लागेको हो । कोभिडको बेला पनि नगद तथा सिलिन्डर पनि रानाले सहयोग गरेका थिए । नेपाल उद्याेग परिषदका केन्द्रिय अध्यक्ष समेत रहेका उनि एमालेको रास्ट्रिय महाधिबेशन प्रतिनिधि पनि हुनुन्छ  । सिनेट सदस्य नियुक्त भएपछि उहाँले दङ्गालिको घर आगनमा रहेको प्रतिष्ठानलाई विशेषज्ञसहित सबै हिसाबले सुबिधा सम्पन्न बनाउन लागि पर्ने बताउनुभयाे । रानासहित एमालेबाट यमुना थापा पनि प्रतिष्ठानको सिनेट सदस्यमा नियुक्त भएका छन ।

कांग्रेसको सिफारीसमा घोराही १५ बाट दुई जना सिनेट सदस्यमा नियुक्त भएका छन । जसमा कांग्रेस दाङ क्षेत्र नम्बर २ क का प्रदेश सभापती प्रकाश श्रेष्ठ(लाला) र पत्रकार सुदिप गौतम नियुक्त हुनु भएकाे छ भने माओबादीबाट सुशिला चौधरी सिनेट सदस्यमा नियुक्त हुनु भएकाे छ । त्यस्तै कर्मचारीहरुको तर्फबाट सिनेट सदस्यमा बिनोद दाहाल नियुक्त हुनु भएकाे छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज भएको सिनेट सभाबाट उनिहरु तीन बर्षे कार्यकालका लागि सिनेट सदस्यमा नियुक्त भएका छन ।

 सिनेट सभाको अध्यक्षता ग्रहण गर्नु भएका  प्रधानमन्त्री केपि शर्मा ओलिले लुम्बिनी प्रदेशकै महत्वपुर्ण सरकारी मेडिकल कलेजकोरुपमा रहेको प्रतिष्ठानको बिकासका लागि आफु सदैब सकारात्मक रहेको बताउनुभयाे । उहाँले प्रतिष्ठान गौरबको योजनाकोरुपमा रहेको चर्चा गर्दै यसको बिकासका लागि सबैको एकताबद्ध पहल आबश्यक रहेको कुरामा जोड दिनुभयाे । उहाँले ४ सय बेडको अस्पताल अघि बढाउन आफुले बजेट ब्यबस्थापन गरेर सहयोग गर्ने बिश्वास दिलाउनु भयाे ।

सिनेट सभाबाट अघिलो दुई आर्थिक बर्षको खर्च अनुमोदन गरेको र चालु आबको बार्षिक बजेट र कार्यक्रम स्वीकृत गरेको रजिस्ट्रार प्रा. श्याम लम्सालले बताउनुभयाे । उहाँले नवलपुरको जग्गा अब क्याबिनेटबाट अघि बढाउन सिनेट सभाले अनुमति दिएको र ४ सय बेडको कार्य योजना पास भएको बताउनुभयाे । उहाँले जग्गा प्राप्तीपछि बस्ने सिनेट बैठकबाट सेवा आयोगको अध्यक्षसहितले पुर्णता पाउने पनि बताउनुभयाे ।

यस्तैगरी बैठकले प्रतिष्ठानको स्वामित्वको अतिक्रमित जग्गा खाली गराई उपयोगमा ल्याउन, कार्यकारी परिषद् सदस्यमा मनोनयन र कर्मचारी सेवा, शर्त नियमावलीलाई विस्तृत गृहकार्य गरी आगामी बैठकमा पेस गर्न निर्देशन दिएको छ ।

प्रतिष्ठानको आर्थिक वर्ष २०७९/०८० र २०८०/८१ को बजेट तथा कार्यक्रम समयमा सिनेट बैठक बस्न नसकी पछि अनुमोदन गर्नुपर्ने अवस्था आउने खालका कमजोरी आगामी दिनमा नगर्न प्रधानमन्त्री ओलीले निर्देश दिनुभयाे । उहाँले नियम, विधि र प्रक्रिया पूरा गरी समयभित्रै कार्य सम्पन्न गर्ने अभ्यासमा जान आग्रह गर्दै नेपाली जनताको खुसी र मुलुकको समृद्धिमा ध्यान दिएर सबै क्षेत्रबाट अवस्थामा थप परिवर्तन ल्याउन पनि जोड दिए ।

बैठकले आगामी बजेट निर्माणका लागि रजिष्ट्रार लम्सालको संयोजकत्वमा समिति गठन गरेको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं सहकुलपति प्रदीप पौडेल र प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, राष्ट्रिय योजना आयोगका सदस्य, स्वास्थ्य र अर्थ मन्त्रालयका सचिवलगायत सहभागी थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्