Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
अध्यक्षकप खेलकुद प्रतियोगिता २०८१

दंगीशरण गाउँपलिका स्तरीय तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिताको फाइनलमा वडा न ६ र ७

शुक्रबार, फागुन ९, २०८१

दंगीशरण फाल्गुन ८ -  दंगीशरण गाउँपालिकाको आयोजनामा आयोजित गाउँपालिका स्तरीय तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता २०८१ को आज दोस्रोदिन बिभिन्न खेलहरु सम्पन्न भएकाछन ।स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल उदेश्यकासाथ बुधबारदेखि शुरुभएको तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिताको दोस्रोदिन सम्पन्न पहिलो फुटवल खेलमा वडा न ३ ले वडा न २ लाइ १ गोल अन्तरले पराजित गर्यो ।दोस्रो खेलमा वडा न ६ ले वडा न १ लाइ १ गोल अन्तरले पराजित गर्यो ।त्यस्तै विहिवार नै सम्पन्न तेस्रो खेलमा वडा न ७ ले वडा न ३ लाइ १ गोल अन्तरले पराजित गर्यो।d-2-1740134454.jpg
बुधबारनै सम्पन्न भएको पुरुष भलिबल तर्फको पहिलो खेल अन्तर्गत वडा न ७ ले वडा न ५ लाइ २/१ को सेटमा पराजित गर्यो त्यस्तै दोस्रो खेल अन्तर्गत वडा न ६ ले वडा न ३ लाइ २/१ को सेटम पराजित गर्यो ।

यस्तै महिला भलिबल अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा वडा न ३ ले वडा न १ लाइ सोझो सेटमा पराजित गर्यो ।

त्यस्तैगरी दोस्रो खेल अन्तर्गत वडा न ४ ले वडा न ६ लाइ सोझो सेटमा पराजित गर्यो ।त्यस्तै तेस्रो पोजिसनका लागि भएको खेलमा वडा न ६ ले वडा न ५ लाइ सोझो सेटमा पराजित गर्यो ।d-3-1740134493.jpg
त्यस्तैगरी तेस्रो दिन विहिवारभोलि पुरुष भलिबल तर्फ तेस्रो पोजिसनका लागि वडा न ५ र वडा न ३ भिड्नेछन। यस्तै पुरुष भलिबलतर्फ वडा न ७ र वडा न ६ फाइनल प्रवेश गरेकाछन ।यस्तै पुरुष फुटबलतर्फपनि वडा न ६ र वडा न ७ फाइनल प्रबेश गरेका हुन ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
समाचार