बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

तुलसीपुरमा मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा पैदलयात्रीसहित तीन जना घाइते

शुक्रबार, फागुन ९, २०८१

तुलसीपुर,फागुन ९ -  दाङकाे तुलसीपुरमा शुक्रबार बिहान मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा एक पैदलयात्रीसहित तीन जना घाइते भएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

महेन्द्र स्कुलतर्फ जाँदै गरेको भे ७ प ७५९२ नम्बरको मोटरसाइकलले सोहि दिशातर्फ जाँदै गरेको रा ७ प ४०३४ नम्बरको स्कुटीलाई तुलसीपुर–६ गोर्खा बोर्डिङस्कुल नजिकै ठक्कर दिएको हो ।

स्कुटीसंग ठोक्किएको मोटरसाइकल अनियन्त्रित भई ४० मिटर टाढा रहेको दाङ भ्याली स्कुलतर्फ आउँदै गरेको सोहि स्कुलको रा १ क ६४३ नम्बरको बससंग ठोक्किन पुगेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक, स्कुटी चालक र एक जना पैदलयात्री घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुर प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–६ का १७ वर्षिय दिपक वली, स्कुटी चालक तुलसीपुर–६ कै १८ वर्षिय निरज रोका र पैदलयात्री सल्यानको त्रिवेणी गाउँपालिका–६ घर भई हाल तुलसीपुर–६ बस्ने १७ वर्षकी मनिषा बुढा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको छ । घाइते सबैको राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्