बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

शनिबार, फागुन १०, २०८१

काठमाडौ, १० फागुन - प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज काठमाणडौमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा (एमाले) का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवम् गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गरिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७औँ वैवाहिक वर्षगाँठका अवसरमा आज प्रर्दशनीमार्गमा रहेको राष्ट्रियसभागृहमा पुस्तक लोर्कापण गरिएको हो । पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित पुस्तकको लोकार्पण समारोहमा मन्त्रीहरु एवंम् उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताउनुभयो । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका विविध उकालीओराली तथा नेकपा (एमाले)का तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरुबारे उल्लेख छ ।

‘न म साहित्यकार, न लेखिका हुँ । त्यहि पनि मनमा लागेका आफ्ना बिचारहरु कहिलेकाही लेख्ने गर्थे । त्यही सङ्ग्रलाई आज पुस्तकका रूपमा ल्याएको छु’, शाक्यले भन्नुभयो, ‘म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले प्रधानमन्त्री ओली, तत्कालीन समयको केपीसँग को विवाह पनि त्यहि करुणाले गरे ।’

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो । त्यसअवसरमा पाणिनी बुक्स प्रालिद्वारा अभिनन्दन पत्र समेत हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्