बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

राप्ती गाउँपालिकाद्वारा जेष्ठ नागरिक समूहबीच माैलिक लाेक भजन प्रतियोगिता सम्पन्न

बुधबार, फागुन १४, २०८१

मसुरिया, १४ फागुन - दाङको राप्ती गाउँपालिकाले महाशिवरात्रि पर्वको अवसरमा जेष्ठ नागरिक समूहहरूबीच पालिका स्तरीय माैलिक लाेक भजन प्रतियोगिता सम्पन्न गरेको छ। परम्परागत मौलिक संस्कृति संरक्षण र जेष्ठ नागरिकहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

गाउँपालिकाले बुधबार दुई स्थानमा प्रतियोगिता सम्पन्न गरेको थियो। वडा नम्बर १ देखि ४ सम्म वडाका समूहहरूबीचको प्रतियोगिता राप्ती गाउँपालिका-३ मसुरिया स्थित शिरीचौर शिव मन्दिरमा तथा वडा नम्बर ५ देखि ८ सम्म वडाका समूहहरूबीचको प्रतियोगिता वडा नम्बर ८ पिपरी स्थित शिव मन्दिरमा सम्पन्न भएको थियो।

मसुरिया शिरीचौरमा सम्पन्न प्रतियोगितामा वडा नम्बर १ का दिलबहादुर अधिकारीको चप्टारे भजन समूह प्रथम, वडा नम्बर ३ का हिमलाल सुवेदीको राधाकृष्ण भजन समूह द्वितीय, वडा नम्बर २ का शोभाखर भुसालको जयदुर्गे भजन समूह तृतीय तथा वडा नम्बर ४ का जुद्वबहादुर कार्कीको भद्रक्षीदेवी भजन समूह सान्त्वना भएका थिए।

त्यस्तै पिपरीस्थित शिव मन्दिरमा सम्पन्न प्रतियोगितामा वडा नम्बर ८ का पदमप्रसाद पौडेलको भजन समूह प्रथम, वडा नम्बर ६ का छुनिलाल चौधरीको भजन समूह द्वितीय, वडा नम्बर ५ का विष्णुप्रसाद पोखरेलको भजन समूह तृतीय तथा वडा नम्बर ८ कै टंकेश्वर चौधरीको भजन समूह सान्त्वना स्थान भएका थिए।

विजयी भजन समूहहरूलाई क्रमशः नगद ८ हजार, ७ हजार, ६ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

साे अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मौलिक संस्कृति संरक्षणका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयाे। उहाँले भजनकीर्तन पुर्खाको धरोहर भएकाले यसको जगेर्ना गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

आधुनिकतासँगै परम्परागत भजन संस्कृतिमा कमी आउँदै गएकाले यसलाई पुनः जागृत गराउन तथा जेष्ठ नागरिकहरूको सम्मानका लागि प्रतियोगिता प्रभावकारी हुने अध्यक्ष विष्टकाे भनाइ थियो। साथै, आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिई नयाँ पुस्तालाई भजन परम्परामा जोड्ने विशेष योजना बनाइने उहाँले बताउनुभयो।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्