दाङकाे तुलसीपुरमा गोरुले हान्दा एक जनाको मृत्यु

बुधबार, फागुन १४, २०८१

दाङ – दाङकाे तुलसीपुरमा गोरुलाई पानी खुवाउदा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ। मंगलबार बेलुकी पाँच बजेतिर तुलसीपुर उपमहानगरपालिका १७ जमेरा निवासी ७१ वर्षीय गहचा चौधरी आफ्नै घरमा गोरुलाई पानी खुवाउने क्रममा गोरुले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

गोरुले हानेपछि गम्भीर घाईते गहचा चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गराएको थियो । उनको ढाड, पेट र दुवै हातमा चोट लागेको थियो। उपचारपछि घर गएका उनको बुधबार बिहान ९:१५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्
समाचार