Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दुर्गाभवानी आधारभूत विद्यालयको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बिहीबार, फागुन १५, २०८१

मसुरीया, १५ फागुन - राप्ती गाउँपालिका–३ मसुरीयास्थित दुर्गाभवानी आधारभूत विद्यालयले बिहीबार २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।WhatsApp-Image-2025-02-27-at-9.48.45-PM-1740674661.jpeg
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापति चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।उहाँले शिक्षक, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध सुमधुर भए मात्र अपेक्षित शैक्षिक गुणस्तर हासिल गर्न सकिने उल्लेख गर्नुभयाे। उहाँले सामुदायिक विद्यालयमा समुदायको अपनत्व आवश्यक रहेको बताउँदै हाल यी विद्यालयहरू गरिब तथा विपन्न परिवारका बालबालिकाको अध्ययनस्थल मात्र बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नु भयो।WhatsApp-Image-2025-02-27-at-9.48.45-PM(1)-1740674399.jpeg
उहाँले संविधानमै जनप्रतिनिधि तथा सरकारी कर्मचारीका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउने कानुनी व्यवस्था लागू गर्नुपर्ने धारणा राख्दै समाजको उन्नति र विकास शिक्षामार्फत मात्र सम्भव हुने बताउनुभयाे।

पछिल्लो समय बालबालिकामा संस्कार र श्रम गर्ने बानीको कमी देखिएको भन्दै यसतर्फ गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयाे।

विद्यालयका प्रधानाध्यापक केशवराज आचार्यले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय तथा समयानुकूल शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, अक्षयकोष दाता, शिक्षक, अभिभावक, विद्यार्थीहरू लगायत विभिन्न छिमेकी विद्यालय प्रधानाध्यापक तथा संघसंस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो।

सो अवसरमा इमानदार, मेहनती र अनुशासित विद्यार्थीकाे रुपमा कक्षा सातमा अध्ययनरत पुष्पा बस्नेत र सोलन चौधरीलाई वर्ष २०८१ का उत्कृष्ट विद्यार्थीको रूपमा सम्मान गरिएको थियो भने विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो।WhatsApp-Image-2025-02-27-at-9.48.46-PM(1)-1740674494.jpeg
त्यस्तैगरी कार्यक्रममा विद्यालय स्तरीय विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

विद्यालयकी शिक्षिका बिनिता आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक टोमलाल गैरेले गर्नु भएको थियो।WhatsApp-Image-2025-02-27-at-9.48.47-PM(1)-1740674570.jpeg
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  २२:२९
प्रतिक्रिया दिनुहोस्
समाचार