सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शुक्रबार, फागुन १६, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौं - शुक्रबार बिहान काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ। एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१  म्याग्निच्युडको भूकम्प गएको जानकारी दियो।  भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।

यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०६:०८
प्रतिक्रिया दिनुहोस्