बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

काठमाडौँमा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु

शुक्रबार, फागुन २३, २०८१

काठमाडौं - काठमाडौँको शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारमा टिपरले ठक्करबाट  तीन जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

२१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । तीनै जनाको थप विवरण खुलेको छैन ।

साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर बिहीबार दिउँसो पौने ४ बजे अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँदा सुतिरहेका तीन जना घाइते भएका थिए ।

नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा टिपरले ठक्कर दिँदा उक्त हताहत भएको हो ।  

 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्