बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

आँपखोली खानेपानीको १६औं वार्षिक साधारणसभा सम्पन्न

मंगलबार, फागुन २७, २०८१

भालुबाङ, २७ फागुन - दाङको राप्ती गाउँपालिका–१, भालुबाङस्थित नमूना आँपखोली खानेपानी तथा सरसफाइ व्यवस्थापन समितिको १६औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ।WhatsApp-Image-2025-03-11-at-6.57.17-PM(2)-1741699815.jpeg
समितिका अध्यक्ष गोमाया केसीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले पालिकाले सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

उहाँले सीमित स्राेत र साधनका कारण केही गाउँमा अझै पनि स्वच्छ खानेपानी पुर्‍याउन बाँकी रहेको उल्लेख गर्दै उक्त समस्याको समाधानका लागि प्रदेश तथा संघीय सरकारसमक्ष योजना माग गरिएको बताउनुभयो।

त्यस्तै अध्यक्ष विष्टले खानेपानीसँगै उपभोक्ता समितिहरूले सरसफाइको क्षेत्रमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष दीपक कुमार चौधरी, जिल्ला खानेपानी महासंघ दाङका अध्यक्ष ध्रुव ठकुरी, राप्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर केसी, निवर्तमान अध्यक्ष तथा सल्लाहकार पदम बहादुर पुन, वडा नम्बर १ का सदस्य चुमानसिंह खत्री, राप्ती उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्र प्रकाश आचार्य, भालुबाङ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष ऋषिराम आचार्य, नेपाल मगर संघ वडा नम्बर १ का अध्यक्ष केशमान पुन मगर, नेपाल मगर महिला संघकी अध्यक्ष विष्पुरा घर्ती मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका सचिव टेकबहादुर महतराले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष बासुदेव पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

संस्थाकी सदस्य सरस्वती पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी जमिर शाहले गर्नुभयो।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्