Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बुधबार, फागुन २८, २०८१

सप्तरी - बैंकिङ कसुरमा फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी राजगढ गाउँपालिका-३ नर्घो टोलका २८ वर्षीय दिलीपकुमार मण्डल रहेका छन्।

उनलाई नर्घो टोलबाटै मंगलबार मध्यान्ह पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताउनुभयाे।

मण्डलविरूद्ध जिल्ला अदालत झापाले गत माघ २९ गते पक्राउ पुर्जी जारी गरेको थियो।

मण्डलाई जिल्ला प्रहरी कार्यालय भद्रपुर झापामा पठाइएको खतिवडाले बताउनुभयाे। साभार : न्यूजकाखाना

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्
समाचार