Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

आजको मौसम कोशी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

बिहीबार, फागुन ३, २०८०

काठमाडौं - देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। 

कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ। बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
समाचार