Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

मंगलबार, चैत १२, २०८१

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।

मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकरणको मुख्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

शाक्यलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएर शाक्यलाई नियुक्त गरेको थियो।

शाक्यलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्