बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

राप्तीमा कुलमान घिसिङको बर्खास्तीविरुद्ध विरोध प्रदर्शन

बुधबार, चैत १३, २०८१

भालुबाङ,१३चैत -  दाङ - देउखुरीको राप्ती गाउँपालिका-१, भालुबाङमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्। घिसिङको कार्यकाल अझै पाँच महिना बाँकी रहँदै सरकारले उनलाई हटाएपछि राप्तीबासी आक्रोशित बनेका हुन्।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनवर्गीय संघ-संस्थाका सदस्य, समाजसेवी, सामाजिक अभियन्ता, नागरिक अगुवा, पत्रकार, सुरक्षाकर्मी, तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो। र्‍याली भालुबाङको पुलचोकस्थित कृष्ण सेन ‘इच्छुक’को शालिकबाट सुरु भई बजार परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो।

कोण सभामा सामाजिक अभियन्ता होमप्रसाद शर्माले सरकारका गलत निर्णयविरुद्ध सधैं सडकबाटै आवाज उठाइने बताएका थिए। उनले कुलमान घिसिङको नेतृत्वमा नेपाल उज्यालो भएको र गाउँ-गाउँसम्म विद्युत सेवा विस्तार भएको उल्लेख गर्दै राम्रो काम गर्ने व्यक्तिहरूको खाँचो रहेको बताए।

त्यस्तैगरी दिल्ली राज सुवेदीले कुलमान घिसिङको बर्खास्तीलाई ‘कु–निर्णय’ भन्दै सरकारको चर्को आलोचना गरे। उनले यस निर्णयको घोर विरोध गर्दै जनताको आवाज दमन गर्न नहुने चेतावनी दिए। विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्।

 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्