राप्ती गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच समझदारी

आइतबार, चैत १७, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौं, १७ चैत - दाङको राप्ती गाउँपालिकाले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो। कोषका तर्फबाट निर्देशक डाक्टर रोशन कोजुले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ।

काठमाडौंको थापाथलीस्थित कोषको कार्यालयमा आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको हो।

राप्ती गाउँपालिकाका औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत व्यक्तिहरू तथा स्वरोजगार भएका नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरी नागरिकको भविष्यमा आइपर्ने जोखिमलाई न्यूनीकरण गर्न कोषसँग सम्झौता गरिएको पालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो।

अहिले सामाजिक सुरक्षा वितरण प्रणालीलाई भविष्यमा राज्यको कोषले थेग्न नसक्ने अवस्था देखिएको हुनाले नागरिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना गरी सबै नागरिकलाई त्यसमा जोड्न आवश्यक रहेको कोषका निर्देशक कोजुले बताउनुभयो।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्