बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

आजदेखि दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा शुरू

सोमबार, चैत १८, २०८१

दाङ - आजदेखि दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेकाे टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा शुरू भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

अब प्रत्येक सोमवार उडान हुने नेपाल एअरलाइन्सका स्टेशन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो । उहाँले यात्रुको माग अनुसार उडान थप गर्न पनि सकिने बताउनुभयो । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गएकाे पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो ।

टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ ।

अहिले विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्