Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकाका विकास योजनाहरूको अनुगमन

सोमबार, चैत १८, २०८१

भालुबाङ, १८ चैत - दाङको राप्ती गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका विभिन्न विकास योजनाहरूको सोमबार अनुगमन गरिएको छ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक कमलापती चौधरीको नेतृत्वमा रहेको टोलीले वडा नम्बर १, २ र ९ मा सञ्चालित विकास योजनाहरूको अनुगमन गरेको हो।

अनुगमनका क्रममा टोलीले वडा नम्बर १ मछितालस्थित नामसालिङ सामुदायिक विकास केन्द्रसँगको साझेदारीमा सम्पन्न सोलार लिफ्टिङ सिँचाइ योजना, वडा नम्बर २ सिख्रेस्थित पक्की नहर तथा पाइपलाइन विस्तार योजना र वडा नम्बर ९ स्थित काउछे बाटो मर्मत योजना, देविकोट मस्जिद पर्खाल निर्माण योजना तथा मुहान संरक्षण जाबुने कालाखोला योजना लगायतका विकास योजनाहरूको अवलोकन गरेको थियो।WhatsApp-Image-2025-03-31-at-8.36.39-PM-1743436825.jpeg
अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरी,अनुगमन समिति सदस्य चम्फा भुसाल, ईन्जिनियर अशोक बेल्वासे, वडाका प्राविधिक तथा नामसालिङ सामुदायिक विकास केन्द्रका कर्मचारीहरूको सहभागिता रहेको थियो।

गाउँपालिकाले अन्य वडाहरूमा सञ्चालन भएका योजनाहरूको समेत निरन्तर अनुगमन गरिरहेको छ। अधिकांश योजनाहरू पूर्णरूपमा सम्पन्न भइसकेका छन् भने केही अझै सञ्चालनमै रहेका छन्। गाउँपालिकाले समयमै योजनाहरू सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका नै निर्माण गरी लागू गरेको छ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्
समाचार