बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

सस्तो मार्टमा घोराही उपमहानगरको अनुगमन, म्याद नाघेका बस्तुहरु जफत

बिहीबार, चैत २१, २०८१

दाङ – घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले घोराही बजारका सस्तो मार्टहरुमा अनुगमन गरी म्याद नाघेका बस्तुहरु जफत गरेको छ । महाशाखा प्रमुख मोहनसिह सुनारको नेतृत्वमा भएको अनुगमनमा म्याद नाघेका इनर्जी ड्रिकं, खाद्यन्न, किराना सामग्री, तरकारी तथा मासु मसला लगाएतका सामग्री जफत गरी मार्ट सञ्चालकहरुलाई सचेत गराएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

उपभोक्ताबाट व्यापक गुनासो आउन थालेपछि उपभोक्ता हित संरक्षण महाशाखा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघको संयुक्त टोलीले घोराहीका ६ वटा सस्तो मार्टहरुको अनुगमन गरी ११ हजार १ सय ८० मुल्य बराबरको म्याद नाघेका बस्तु जफत गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिह सुनारले जानकारी दिनुभयो । अनुगमन गरीएका युवि सस्तो मार्ट, एस मार्ट, फ्रेन्डस सुपर मार्केट, युपिलेश मिनी मार्केट, हरियो बजार ग्रिनसप मध्ये दिपशीखा चौकमा रहेको एस मार्टले मापदण्ड पुरा गरेको र उपभोक्ता हितमा काम गरेको शाखा प्रमुख सुनारले जानकारी दिनुभयो ।

अन्य मार्टहरुमा म्याद नाघेका भेटिएकोमा जफत गरिएको र मुल्यसुचि नराखिएको, उपभोग्य बस्तुहरुमा उत्पादन मिती, बिक्रि मुल्य नराखिएका बस्तुहरुका सम्वन्धमा मार्ट संचालकलाई पहिलोपटक सचेत गराउने काम भएको अनुगमन टोलिले जनाएको छ । बजारलाई व्यवस्थीत गर्न र उपभोक्ता हितलाई ध्यानमा राखेर अनुगमनको कामलाई निरन्तरता दिने अनुगमन संयोजक सुनारले बताउनु भयो । साभार :खोज रफ्तार

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्