बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

टरिगाउँ विमानस्थलमा आएन जहाज, सेवा फेरी अन्यौल

शुक्रबार, चैत २२, २०८१

दाङ - दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलमा आज एक जना पनि यात्रु नपाएपछि जहाज सेवा अबरुद्ध भएको छ । गएको सोमबारदेखि हवाई सेवा सुरु भएको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आज पनि जहाज आउने तालिका थियो। तर, तुलसीपुरबाट एक जना पनि यात्रुले टिकेट काटेका थिएनन् । काठमाडौंबाट पनि तीन जनाले मात्रै टिकेट काटेका थिए । यात्रु नभएपछि आजको उडान अबरुद्ध भएको एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो ।

तीन महिना सेवा अबरुद्ध भएपछि सोमबारदेखि सेवा सुरु भएको हो । हालको भाडा न्यूनतम ७ हजार १ सय मात्रै कायम गरिएको छ । खास भाडा ८ हजार ७ सय ७५ रुपैँया भएपनि हाललाई ७ हजार एक सय मात्रै कायम गरिएको छ ।

टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानु पर्ने अबस्था छ । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्दा पनि अनियमित हुने हुँदा यात्रुहरु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अबस्था रहेको छ ।

हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । साभार : खाेजरफ्तार

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ०६:२८
प्रतिक्रिया दिनुहोस्