दाङमा बलात्कार आरोपमा फरार रहेका थापा ९ महिनापछि पक्राउ

शुक्रबार, चैत २२, २०८१

दाङ २१ चैत – दाङमा जबरजस्ती बलात्कार गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत असार ९ गते रातको करिब १० बजेतिर सल्यानको शारदा नगरपालिका–७ निवासी २२ वर्षका अर्जुन थापाले दाङको तुलसीपुर उपमहानगरपालिका–५, बसपार्क निवासी (५६ –तुलसीपुर ०८०–१३८) लाई ललाई फकाई होटल लगि जबरजस्ती करणी गरी फरार भएका थिए ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

पीडितको जाहेरीपछि दाङ प्रहरीले निरन्तर अनुसन्धान गर्दै आएको थियो । आरोपितलाई मंगलबार (चैत १९) सल्यानको शारदा नगरपालिका–७, कुरल भन्ने स्थानमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

पक्राउ परेका थापालाई कानुनी प्रक्रिया अघि बढाउन दाङ जिल्ला अदालत, घोराहीबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साभार : खोज रफ्तार

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्
समाचार