त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

बिहीबार, चैत २८, २०८१

काठमाडौं, २७ चैत - त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा स्विकृत भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

प्रधानमन्त्री तथा विश्वबिधालयका कुलपति केपी शर्मा ओलीले उनको राजिनामा स्वीकृत गरेको उनको सचिवालयले जानकारी दिएकाे छ।

प्रधानमन्त्री ओलीको दबाब थेग्न नसकेको भन्दै उहाँले राजीनामा दिनुभएकाे थियाे 

कुलपति ओलीले राम्रा काममा साथ दिनुको सट्टा सर्वोच्चको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी गराउन दबाब दिएपछि बरालले १५ चैतमा राजिनामा दिनुभएकाे हाे ।

उहाँले राजिनामा दिएको २ साता पछि आज स्विकृत भएको हो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्