बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

लुम्बिनी प्रदेश सरकारको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?

बुधबार, वैशाख ३, २०८२

दाङ - लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३९ प्रतिशत खर्च गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

फागुन मसान्तसम्ममा ३१ प्रतिशत खर्च भएकोमा चैत महिना थप ८ प्रतिशत गरी ३९ दशमलव ७४ प्रतिशत पुर्‍याएको कोष तथा लेखा नियन्त्रण कार्यालयले लुम्बिनी प्रदेशले जनाएको छ ।

प्रदेश सरकारले चालुतर्फ ४१.७६ र पुँजीगततर्फ ३८.५६ प्रतिशत रकम गरी चैत मसान्त सम्म कुल ३९ दशमलव ७४ प्रतिशत पुर्‍याएको हो ।    

प्रदेशमा यो एक महिनामा चालुतर्फ ७ प्रतिशत र पुँजीतर्फतर्फ ९ प्रतिशत खर्च वृद्धि भएको देखिन्छ । किनकि फागुन मसान्तसम्म चालुतर्फ ३४ दशमलव ५७ र पुँजीगततर्फ २९ दशमलव ८२ प्रतिशत खर्च भएको थियो ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएकोमा यो ९ महिनाको अवधिमा र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा १५ अर्ब ४८ करोड ६९ लाख रुपैयाँ खर्च गरेको छ । जसमा  पुँजीगततर्फ ९ अर्ब ४७ करोड ९६ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा ६ अर्ब ७२ लाख खर्च भएको छ ।

लुम्बिनी प्रदेशकाे कुन मन्त्रालयको कति खर्च ?

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय छन् । जसमा यो नौ महिनाको अवधिमा कुल बजेटको सबैभन्दा धेरै स्वास्थ्य मन्त्रालयको खर्च भएको छ  भने सबैभन्दा कम महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कुल बजेटको १९ दशमलव ७९ प्रतिशत बजेट खर्च  गरेको छ । आर्थिक मामिला मन्त्रालयले ४३ दशमलव ९३ प्रतिशत बजेट खर्च गरेको छ । उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले २१.६९ प्रतिशत खर्च गरेको छ ।

यस्तैगरी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले कुल बजेटको ३४.१५ प्रतिशत खर्च गर्दा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भने ३ दशमलव १३ प्रतिशत खर्च गरेको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयले ३८.६५ प्रतिशत खर्च गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १५.६६ प्रतिशत खर्च गर्दा वन तथा वातावरण मन्त्रालयले ३४.१३ प्रतिशत, भौतिक पूर्वाधार मन्त्रालयले ३७.६९ खानेपानी पानी ग्रामीण तथा सहरी विकास मन्त्रालयलको ३९.७१ प्रतिशत खर्च छ भने सामाजिक विकास मन्त्रालयले ३०.१७ प्रतिशत खर्च गरेको छ ।

स्वास्थ्य मन्त्रालयले ६३.६२ प्रतिशत खर्च गरेको छ । खर्चको हिसाबले सबैभन्दा धेरै यही मन्त्रालयले गरेको छ ।

लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख दीपक ज्ञवालीले भने, ‘यो गतिभन्दा तीव्र लानुपर्छ । लुम्बिनी प्रदेश सरकार प्रवक्ता दिनेश पन्थीले अब भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयलाई ठुला ठुला भुक्तानी दिँदा खर्च धेरै देखिएको बताए । उनले केही समयपछि प्रदेश सरकारको काम देखिने पनि बताउनुभयाे ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  २१:५४
प्रतिक्रिया दिनुहोस्