Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

शान्तिनगरको सुन्दरतासँग प्रभावित बेलायती मेयर : अन्तर्राष्ट्रिय सहकार्यको संकेत

बिहीबार, वैशाख ४, २०८२

दाङ - बेलायतको Royal Borough of Greenwich का मेयर श्री जित राणाभाट र दाङ शान्तिनगर गाउँपालिका अध्यक्ष  प्रमोद बस्नेतबीच हालै विशेष भेटघाट सम्पन्न भएको छ।
बिज्ञापन

भेटघाटका क्रममा शान्तिनगर गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल सुन्दरा देवी मन्दिरको विषयमा चर्चा गर्दै अध्यक्ष बस्नेतले त्यस मन्दिरसँग सम्बन्धित मायाको चिनो मेयर राणाभाटलाई प्रदान गर्नुभएको थियो। साथै, शान्तिनगर क्षेत्रलाई सिँचाइमा आत्मनिर्भर बनाउनका लागि प्रस्तावित बबई लिफ्टिङ सिचाइ आयोजनासम्बन्धी प्रस्ताव समेत उहाँ समक्ष पेश गरिएको थियो।


Royal Borough of Greenwich नगरपालिकाको तर्फबाट मेयर राणाभाटले अध्यक्ष बस्नेतलाई विशेष पिन लगाएर स्वागत गर्दै, दुवै नगरपालिका/गाउँपालिकाबीच भविष्यमा सहकार्य गर्न सकिने सम्भावनाहरूका विषयमा छलफल गर्नुभएको थियो।

अध्यक्ष बस्नेतले मेयर राणाभाटलाई शान्तिनगर गाउँपालिकाको भ्रमण गर्न औपचारिक निमन्त्रणासमेत दिनुभएको छ। भेटघाटले दुबै पक्षबीच आपसी सम्बन्ध सुदृढ गर्न थप योगदान पुग्ने अपेक्षा गरिएको छ। साभार सुधार आवाज

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्