पोखरा भ्रमण जाँदै गरेको भारतीय गाडी दाङमा दुर्घटना हुँदा २१ जना घाइते

शुक्रबार, वैशाख ५, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

दाङ, ५ बैशाख -  भ्रमणका लागि पोखरा जाँदै गरेको भारतीय गाडी दाङमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

भारतको लखनउबाट पोखरा भ्रमणका लागि जाँदै गरेको युपी ३२ एमएन ९५६६ नम्बरको भारतीय गाडी शुक्रबार बिहान गढवा गाउँपालिकाको चिसापानीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । उनिहरु सबै पुरुष हुन् ।

घाइतेमध्ये चोट लागेका चार जनालाई उद्दार गरी अस्पतालतर्फ लगिएको प्रत्यक्षदर्शी पंकज कशौधनले जानकारी दिनुभयो ।

घाइतेको उद्धार हुने क्रम जारी रहेको छ । बस दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्