बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङको दंगीशरण–६ मा अपांगता भएका व्यक्तीलाई स्वरोजगार बनाउन निसुल्क समाग्री वितरण

शुक्रबार, वैशाख ५, २०८२

दाङ - दाङको दंगीशरण गाउँपालिका–६ का अपांगता भएका एकजनालाई विभिन्न सामाग्रीहरु सहयोग गरिएको छ । समुन्नती डिजिटल फाइनान्स परियोजनाले वडाका एकजना अपांगता भएका व्यक्तीलाई ३९ हजार ३ सय २० बराबरको उद्यमसिलता विकास सम्बन्धि सहयोग सामाग्री वितरण गरिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

 कपाल काट्ने व्यवसाय गर्दै आएका प्रसड्डुवाका शंकर प्रसाद चौधरीलाई हेयर कटिङसम्बन्धि सामाग्री वितरण गरिएको वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो । उनलाई हेयर कटिङ मेशिन २ थान, हेयर आइरल १ थान, पाउडर पफ बक्स १ थान, सेभिङ् ब्रस २ थान, काँगियो सेट १ थान, हेयर ड्रायर १ थान, एप्रोन ३ थान, कैँची २ थान, छुरा २ थान, कपाल झार्ने ब्रस १ थान, पानी स्प्रे बोटल १ थान, जिगज्याग कैँची १ थान, ज्याक पिन १ थान, ऐना २ थान र सलुन चेयर १ थान वितरण गरिएको वडाअध्यक्ष शाहले बताउनुभयो । विशेषगरी अपांगता भएका व्यक्तीलाई रोजगारसँग जोड्ने उदेश्यले यस्ता सामाग्री माग गरी वितरण गरिएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष शाहले गत फागुन २८ गते वडाका ३ जना अपांगता भएका व्यक्तीलाई व्यवसायमा प्रोत्शाहन गर्ने उदेश्यले समुन्नती डिजिटल फाइनान्स परियोजनासँग उद्यमसिलताका लागी सहयोग उपलब्ध गराउन लिखित रुपमै माग गर्नुभएको थियो । सोही माग अनुसार उक्त परियोजना अन्र्तगतका युकेमा बस्दै आएका जर्ज टेलर तथा मार्गरेट टेलर दम्पतीद्धारा प्रदन गरिएको आर्थीक सहयोगबाट उक्त सामाग्री वितरण गरिएको हो । वडाले अपांगता भएका व्यक्तीका लागी विगतदेखी नै विभिन्न संसस्थाहरुसँग समन्वय गरेर सहयोग गर्दै आएको छ । अपांगता भएका व्यक्तीहरुलाई समाजमा हेर्ने दृष्टीकोण फरक भएकाले उनीहरुलाई आफै स्वरोजगार बनाउने उदेश्यले व्यवसायलाई थप प्रोत्शाहन गर्नका लागी सहयोग प्रदान गरिएको वडाअध्यक्ष शाहले बताउनुभयो ।।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्