बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस 

सोमबार, फागुन ७, २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ । नाम सिफारिस गर्न गठित समितिले प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

उपकुलपतिका लागि ४३ जनाको आवेदन परेकोमा पहिलो चरणमा सिफारिस समितिले १४ जनाको नाम छनोट गरेको थियो । छनोट भएका १४ जनाको हिजो अन्तर्वार्ता भएपछि शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको हो । अब विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले तीन जनामध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुहुनेछ ।

गएको कात्तिक १६ गते तत्कालीन उपकुलपति प्राध्यापक धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि तत्कालीन रेक्टर शिवलाल भुसालले ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाउनुुभएको थियो । तर त्यस अवधिमा पनि उपकुलपति छनोट नसकिएपछि फेरि उहाँले थप ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाउनुुभएको छ ।

प्रतिक्रिया दिनुहोस्