Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

डढेलो नियन्त्रण सामाग्री इलाका प्रहरी कार्यालय होलेरीलाई हस्तान्त्रन

शनिबार, वैशाख १३, २०८२

 रोल्पा,१३ बैशाख - वन डढेलो नियन्त्रण व्यवस्थपन गोष्ठी तथा नियन्त्रण सम्बन्धी सामाग्री हस्तारण कार्यक्रम रुन्टीगढी गाउँपालिका भएको छ । सुखायाम बढे संगै वन डढेलोको उच्च जोखिम हुने भएकोले जोखिम नियन्त्रण व्यवस्थपनका लागि डिभिजन वन कार्यालय रोल्पा आयोनामा सचेतना मुलक तथा डढेलो नियन्त्रण सम्बन्धी सामाग्री हस्तारण कार्यक्रम गरिएको हो ।eBTYL6H6-1745633768.jpg
रुन्टीगढी गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँपलिका भित्रका समुदायीक वनका पदाधीकारी, जनप्रतिनिधी,सव डिभिजन वन कार्यालयका कर्मचारी,सुरक्षाकर्मी, खोटो कम्पनीका पदाधिकारी लगाएत पत्रकारहरुको उपस्थिती रहेको थियो । डढेलो लाग्नुको जोखिम ,डढेलो लाग्न नदिने उपाए,वनलाइ डढेलो बाट बचाउने उपाए,डढेलो लागी हाले गर्नु पर्ने सबधानी, निभाउने तरिका लगाएतका विषयमा सव डिभिजन वन कार्यालय रोल्पाका बरिष्ठ वन अधिकृत पूर्ण बहादुर ढकालले प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो । साथै कार्यक्रममा सव डिभिजन वन कार्यालय रोल्पाले खरिद गरेको डढेलो नियन्त्रण सामाग्रीहरु गाउँपालिका अध्यक्ष जनक पुन द्वारा इलाका प्रहरी कार्यालय होलेरीलाई हस्तान्त्रन गरिएको हो ।NKYhoTSl-1745633809.jpg
रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षतामा भएको कार्यक्रममा अतिथीमा पालिका निमित प्रमुख प्रशासकीय अधिकृत सानु बाबु खड्का, सब डिभिजन कार्यालय रोल्पाका बरिष्ठ वन अधिकृत पूर्ण बहादुर ढकाल, वडा न ९ का अध्यक्ष तथा पालिका प्रबक्ता चेतलाल खत्री,वडा न ७ का अध्यक्ष टेक लाल पुन, सब डिभिजन कार्यालयका बरिष्ठ फरिष्तर खुम बहादुर सार्की, इलाका प्रहरी कार्यालयका प्र.ना.नि बिनोद जि.सी लगाएतको सभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सब डिभिजन कार्यालयका बरिष्ठ फरिष्तर दिपेन्द्र बुढाले गर्नु भएको हो ।9MALY8sa-1745633871.jpg
 

 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्
समाचार